शल्यक्रियासहितको उपचार सेवा अब रसुवामै

रसुवा, २७ भदौ : बिरामी भई उपचारार्थ रसुवा अस्पताल पुग्ने बिरामीले अब स्थानीयस्तरमै उपचार पाउन थालेका छन् । जिल्ला अस्पताल धुञ्चेले बिरामीका लागि पहिलो चरणको रोग पत्ता लगाउन आकस्मिक कक्ष निर्माणका साथै रोगअनुसारका आवश्यक औषधि एवं दक्ष चिकित्सकको व्यवस्था गरेपछि बिरामीलाई अन्य अस्पताल सिफारिस गर्ने परिपाटी न्यून हुँदै गएको छ। विगतमा स्रोत साधनको अभाव दर्शाउँदै […]

Continue Reading

स्वास्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण

गाईघाट (उदयपुर), २४ भदौ उदयपुरको त्रियुगा नगरपालिका–१६ सुकौरास्थित जालपा चिलाउने स्वास्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ । त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतले शनिबार एम्बुलेन्स हस्तान्तरण गर्नुभएको हो । जालपा चिलाउने क्षेत्रका बिरामीलाई उपचारका लागि अन्यत्र जान निःशुल्करूपमा सेवा प्रदान गर्न तथा बिरामी अन्यत्र लैजान एम्बुलेन्स हस्तान्तरण गरिएको नगरप्रमुख बस्नेतले बताउनुभयो । त्रियुगा नगरपालिकासहित संस्थागत सामाजिक दायित्व […]

Continue Reading

शल्यक्रिया बन्द हुँदा सेवाग्राही हैरान

महोत्तरी, २२ भदौ बर्दिबास अस्पतालमा प्रसूतिका लागि गराइने शल्यक्रिया बन्द हुँदा गरिब र निम्न आय हुने परिवारका लागि समस्या भएको छ । तीन सातादेखि सेवा बन्द हुँदा गरिब र निम्न आय हुने सर्वसाधारणलाई प्रसूतिका लागि निजी अस्पताल वा टाढाको सरकारी अस्पताल जानुपर्दा हैरानी भएको हो । यहाँको सेवा बन्द भएपछि शल्यक्रिया गरिनुपर्ने यस्ता महिलालाई चर्को […]

Continue Reading

उपचार नपाएर बालिकाको निधन भएकामा सांसदको ध्यानाकर्षण

काठमाडौँ, २१ भदौ प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले समयमा उपचार नपाउँदा कान्ति बाल अस्पतालमा एक बालिकाको निधन भएको विषयमा नेपाल सरकारको ध्यानाकर्षण गराउनुभएको छ । नेकपा (एमाले) का सचेतक महेश वर्ताैलाले बैठकमा समय लिएर बोल्दै मकवानपुरको थाहा नगरपालिका–१० जीतबहादुर गोपालीकी छोरी पाँच वर्षीया रेजिशा गोपालीको निधन अस्पतालको लापर्वाहीका कारण भएको दाबी गर्र्दै घटनाको छानबिन, दोषीलाई कारबाही […]

Continue Reading

असी विद्यार्थी ज्वरोले बिरामी

महोत्तरी, २१ भदौ बर्दिबास–६ कृष्णपुरस्थित प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा स्नातक तहको पाँचौँ ‘सेमेस्टर’मा अध्ययनरत विद्यार्थीमा ज्वरोको समस्या देखिएको छ । पछिल्ला पाँच÷छ दिनयता ८० विद्यार्थी ज्वरोले बिरामी परेका छन् । उनीहरुको शुक्रबारदेखि परीक्षा रहेको बताइएको छ । ग्रामीण भेग अवस्थित कलेजमा विद्यार्थी ज्वरोले ग्रस्त भएपछि बर्दिबास अस्पतालको चिकित्सक टोलीले कलेजमै पुगेर स्वास्थ्य परीक्षण गरेको छ […]

Continue Reading

प्रसुति गृह तथा स्त्रीरोग अस्पताल स्तरोन्नतिको पर्खाइमा

काठमाडौँ, २२ भदौ थापाथलीस्थित परोपकार प्रसुति गृह तथा स्त्रीरोग अस्पतालको स्तरोन्नतिको पर्खाइमा छ । बिरामीको अत्यधिक चापलाई ध्यानमा राखेर अहिले रहेको ४१५ शैय्याबाट स्तरोन्नति गरी ७०० शैय्या पु¥याउन लागिएको हो । अस्पतालका निर्देशक श्रीप्रसाद अधिकारी बिरामीको चापलाई ध्यानमा राखेर शैय्या थपेर अस्पताल सञ्चालन गर्नुपरेको बताउनुहुन्छ । उहाँका अनुसार सात सय शैय्याका सञ्चालन लागि आवश्यक जनशक्तिका […]

Continue Reading

‘क्यान्सरका बिरामीले पालो कुर्न नपर्ने बनाउँछौँ’

चितवन, २१ भदौ विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक डा शिवजी पौडेलले अस्पतालमा आउने बिरामीलाई पालो कुर्नुपर्ने समस्याको अन्त्य हुने गरी काम गर्ने बताउनुभएको छ । सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले अस्पतालमा विभिन्न सेवा लिँदा महिनौँ पालो कुर्नुपर्ने गुनासोको अन्त्य हुने बताउनुभयो । रेडियो थेरापी (सेकाइ) गराउनुपर्दा पाँच महिनासम्म पालो कुर्नु परेको गुनासा आउने […]

Continue Reading

परोपकार प्रसूति अस्पतालद्वारा ‘अनलाइन टिकट’ सुरु

काठमाडौँ, २० भदौ स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको कुपण्डोलस्थित नवनिर्मित भवनबाट छिटो सेवा सञ्चालन गर्न मन्त्रालय प्रतिबद्ध रहेको जानकारी दिनुभएकोे छ । उहाँले भन्नुभयो, “नवनिर्मित भवनबाट स्वास्थ्या सेवा प्रवाह गराउन मन्त्रालय सदैव अस्पतालको नजिक रहेर काम गर्ने विश्वास दिलाउन चाहन्छु ।” अस्पतालको ६४औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई ‘भर्चुअल’माध्यमबाट […]

Continue Reading

मुस्लिम समुदायका बालबालिका खोप लगाउँदै

नेपालगञ्ज, २० भदौ बाँकेको नेपालगन्जमा मुस्लिम समुदायका बालबालिकाले पनि खोप लगाउन थालेका छन् । समुदायमा आएको स्वास्थ्यसम्बन्धी सचेतता र जनप्रतिनिधि, स्वास्थ्य स्वयंसेविका धर्मगुरुलगायतले उनीहरुका अभिभावकलाई खोप लगाउनुको फाइदाका बारेमा जानकारी दिएपछि बालबालिकाले खोप लगाउन थालेका जिल्ला स्वास्थ्य कार्यालय बाँकले जनाएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं ३, ४, ५, ६, ७ र १४ मा रहेका […]

Continue Reading

सुदूरपश्चिममा डेङ्गुको उच्च जोखिम

बैतडी, २० भदौ सुदूरपश्चिम प्रदेश डेङ्गु सङ्क्रमणको उच्च जोखिममा छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्क हेर्दा यो प्रदेश अत्यधिक जोखिममा रहेको पाइएको हो । दिनप्रतिदिन डेङ्गु सङ्क्रमित फेला पर्न थालेपछि यहाँ उच्च जोखिम रहेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिनुभयो । प्रदेशमा सन् २०२३ को अगस्तमा मात्रै तीन […]

Continue Reading