साहित्य

बाल कथा : वर्णहरूको झगडा ।।  (माधव प्रसाद उपाध्याय ‘सयपत्री’)

एउटा किताबमा स्वरवर्ण समूह र व्यञ्जनवर्ण समूहका अक्षरहरू बस्थे । तिनीहरूले बोली र लेखाइमा कब्जा जमाएका थिए । दुवै समूहलाई आˆनो समूह महìवपूर्ण छ भन्ने ठूलो घमण्ड थियो । तिनीहरू सधैँ झगडा गरिरहन्थे तर सँगै जोडिएर बस्नुपर्ने बाध्यता थियो । कुकुर र बिरालाजस्ता एकछिन नमिल्ने तर सँगै बस्नुपर्ने । सँगै बस्दा लात्ती त लाग्छ नै । लात्ती त के मन नपरेकाको सास पनि गनाउँछ भनेझैँ तिनीहरू एकअर्कालाई आफूबाट टाढा राख्न खोज्थे । चाहेर मात्र के हुन्थ्यो र ? तिनीहरूको त लगनगाँठो नै कसिएको थियो । त्यसले छुट्टनिै दिँदैनथ्यो । सधैँ झगडा गरेर एकै ठाउँ बस्नुभन्दा छुट्टनिु बेस ठानी तिनीहरू तर्क गर्न लागे ।

स्वर समूहको अगुवाइ ‘अ’ ले गथ्र्यो भने व्यञ्जनको ‘क’ले । ‘अ’ले भन्यो- “हेर ‘क’ ! अब हामी तिमीहरूको थिचोमिचोमा बस्न सक्दैनौँ । कि बराबरीको सिद्धान्तअनुसार हाम्रो अधिकार तोकियोस् नत्र भने हामी छुट्टन्िछौँ । तिमीहरू नभए पनि हामी बोलिन सक्छौँ । मानिसलाई बोलाइ र लेखाइ दिन सक्छौँ । तिमीहरूको समूहको बैठकमा छलफलको विषय बनाऊ । म पनि केन्द्रीय समितिको मिटिङ राख्छु । समितिले वार्ता गर्नुपर्छ भन्यो भने गरौँ । त्यसो नभएमा हामी तिमीहरूको हैकम सहेर बस्न सक्दैनौँ । चाँडै पुनर्विचार गरी हामीलाई तिमीहरूको राय देओ ।”

व्यञ्जनवर्णको नेता ‘क’ले ‘अ’को प्रस्तावको उत्तर दियो- “स्वरको नेता भएर जे मन लाग्यो त्यही नबोल है ‘अ’ । तिमीहरू, सङ्ख्यामा हाम्रोभन्दा आधाभन्दा पनि कम छौ । समानुपातको आधारमा तिमीहरूको र हाम्रो बण्डापत्र हुन सक्दैन । सय भाइ कौरव र पाँच भाइ पाण्डव जस्तो । कौरवहरूले जोरी खोज्दा के भयो ? त्यो त पढेकै हौला । चुप लागेर आˆनो थान्कोमा बस । हामी तिमीहरूलाई शब्दराज्यको हजार भागको एक भाग पनि दिन तयार छैनौँ । बरु लडाइँ गर्छौ भने हामी तयार छौँ ।”

‘अ’ लाई जङ चल्यो । उसले लडाइँको त कल्पना पनि गरेको थिएन । ‘क’ को चेतावनीले ‘अ’ को रगत तातेर आयो । उसले भन्यो- “तिमीले के भन्न खोजेको ? गुणको मूल्याङ्कन कि सङ्ख्याको ? तिमीहरूसँग छत्तीस सङ्ख्या छ, बहुमत छ भन्दैमा हामी बाह्रको सुनुवाइ कतै नहुने ? केही नलागे हामी अदालत जान्छौँ । मुद्दा लड्छाँै ।”

‘क’ले गर्जेर भन्यो- “जहाँ जानुपर्छ जाओ । तिमीहरूले केही लछारपाटो लाउँदैनौँ । अदालत जाने दुःसाहस गर्‍यौ भने उहाँ अदालतकै ढोकामा मुक्का खान्छौ । जाबो बाह्रले छत्तीससँग निहुँ खोजेर टेक गर्न सक्छौ ? कमजोर भएपछि केही धन्चमन्च त सहनै पर्छ नि ।”

‘अ’ले भन्यो- “हामी सहँदैनौँ । कामचाहिँ हामीले धेरै गर्नुपर्ने फेरि अधिकार चाहिँ कटौती गर्ने ! हामीलाई साथ नलिइकन तिमी आˆनो नाम भन त !” ‘क’ले भन्यो- “हैन, के नचाँहिने फुर्ती लडाएको । म मेरो नाम पनि भन्न सक्दिन रे ! ल, ‘क’ हो मेरो नाम ।”

‘अ’ ले उदाहरण पेस गर्‍यो- “क्+अÖक, यसरी बन्छ तिम्रो नाम । तिम्रा छत्तीस जवानहरूको नाम म ‘अ’ नभई बन्दै बन्दैन अधुरो बन्छ । अलि सोचेर बोल ‘क’ । कसको खुट्टामा टेकेर हिँडेका छौ !”

आˆना नेताहरूको छलफल सुनेर दुवै वर्गका अरू सदस्यहरू जम्मा भए । एकातिर बाह्र, अर्कोतिर छत्तीस । तीनदोब्बर बढी ‘क’ लाई अरू जवानहरूले सोधे- “तपाईंहरूको झगडा परेजस्तो छ । के भयो हँ ?” ‘क’ ले भन्यो- “हेर न साथी हो, ‘अ’ को फुर्ती । आफैँ ठूलो रे ! भागबण्डा गर्दा बराबरी हुनुपर्छ रे ! यत्रो ठूलो सङ्ख्याको फरक हुँदाहुँदै पनि कसरी बराबरी हुन्छ ? लडाइँ गरौँ कसले जित्छ उसैले भाषालाई शासन गर्छ । मैले यसै भनेको हुँ ।” ‘क’ का साथीले निकै ठाडा कान पारे । लड्ने भए लडौँ भने ।

‘अ’ परिवार शान्त थियो । उनीहरूसँग बुद्धि र विवेक थियो । त्यसैले लड्ने कुरामा नाइनास्ती गरे । “साथी हो ! हामी एउटै घरका जहानपरिवार लडेर कसलाई रमिता देखाउनु छ र ! एउटा कुरा चाहिँ विचार गर । काम हामीले बढी गरिरहेका छौँ । तिमीहरू प्रत्येकको नाममा हाम्रो ‘अ’ले साथ नदिए तिमीहरू बोलिँदैनौँ ।”

‘क’ परिवारले कम्मर कस्यो- “हैन, के भनेको हो यो अड्बाङ्गेको सन्तानले ? एकै मुक्कामा डिलमुनि पठाइदिउँ कि क्या हो । उनीहरू नभए हाम्रो नाम बन्दैन रे ! कसरी बन्दैन ? ‘क’ को हातखुट्टा, टाउको, सबै ईः क का कि की कु कू……।”

‘आ’ तम्सियो- म नभए तिम्रो ‘काका’ बनाऊ त ।”

‘क’ कड्कियो- “के, बनाउन सक्दिन रे ! ल ‘काका’ ।

‘आ’ ले खिसी गर्‍यो- “खेब बनायौ, हेर यहाँ, क्+आ+क्+आÖ’काका’ । मेरो बुइर्ँ नचढे दुईपाइला हिँड्न सक्दैनौँ । फुर्ती लगाउँछौ । बरु तिमीहरू नभए पनि हाम्रो नाम बन्छ । ल सुन- ‘अ, आ इ ई…”

व्यञ्जन परिवारलाई बहुतै रिस उठ्यो- “हामीसित टाँसिएर बस्नु पर्दै पर्दैन । छुट्टएि हुन्छ । तर हामी अंश दिँदैनौँ । एक, दुई, तीन दिदैनौँ ।”

स्वर परिवारले कौरवजस्ता दुष्ट व्यञ्जन परिवारसँग नबस्ने निधो गरे । आˆनो वर्गको गोप्य कोठामा गोप्य सल्लाह गरे । विरक्त भएर अन्तै बसाइँ सर्ने भए । ‘अ’ हिँड्यो । ‘क’ ‘ख’ ‘ग’ …..’ज्ञ’ एकखुट्टे भए । भुइँमा बङ्ल्याङ्ग पछारिए । ‘आ’ हिँड्यो । ‘का’ ‘खा’ ‘गा’……’ज्ञा’ लडे । ‘इ’ हिँड्यो । ‘कि’ ‘खि’ ‘गि’ उत्तान्टाङ् परे ।

व्यञ्जन वर्णको ‘क’ लाई पछुतो भएछ । इशाराले ‘अ’लाई सङ्केतले बोलायो । ‘अ’ परिवार फर्कियो । ‘क’ परिवार सबै लडेको देखेर माया लागेछ । नजिकै आए । ‘अ’ अर्थात् स्वर परिवार व्यञ्जन परिवार भएको ठाउँमा आउने बित्तिकै अकस्मात् व्यञ्जन परिवारतिर तानिए । एकअर्कालाई चुम्बकले तानेझैँ ताने । सुलोसनले जोडेझैँ जोडिए ।

अन्त्यमा दुवै वर्गले महसुस गरे- ‘ओ हो ! हामी कति पटमूर्ख भएछौँ । एउटा वर्ग नभए अर्को वर्गको अस्तित्व नहुने रहेछ । अब दुवै परिवार मिलेर एक परिवार भई बस्नुपर्छ । मानिसलाई मीठामीठा स्वर-व्यञ्जन परिकार (खाना) दिनुपर्छ ।’ उनीहरूले एकएक गरी हात मिलाएर बसे । त्यो समयदेखि ती दुई वर्गहरूबीच कहिल्यै झगडा भएन ।

<