खास खबर

५ महिना, ५ काम, ५ परिणाम अन्तर्गत नयाँ शक्ति पार्टी नेपालको संगठन विस्तार तथा विचार संप्रेषण ।।

कञ्चनपुर । 
पाँच महिना, पाँच काम, पाँच परिणाम अन्तर्गत नयाँ शक्ति पार्टी नेपालको संगठन विस्तार तथा विचार संप्रेषण कार्यक्रम शुक्रबार कञ्चनपुरको पुनर्वासमा सम्पन्न भएको छ । 

 

सत्यदेवी चापागाईँको सभापतित्वमा आयोजित कार्यक्रममा नयाँ शक्ति पार्टी नेपालका सुदूरपश्चिम प्रदेश इन्चार्ज कृष्ण कुमार चौधरी प्रमुख अतिथि रहनुभएको थियो । नयाँ शक्ति पार्टी नेपाल कञ्चनपुर क्षेत्र नं. १ का संयोजक अमर सिंह बिष्टले स्वागत मन्तव्य राख्नु भएको थियो ।

 

उक्त कार्यक्रममा नेपाली कांग्रेश, साविक नेकपा एमाले र माओवादी केन्द्रका गरी ४६ जनाको संख्यामा  नगर स्तरीय नेता कार्यकर्ताहरु नयाँ शक्ति पार्टी नेपालमा समाहित भएको प्रदेश प्रवक्ता तथा सूचना सञ्चार प्रमुख मिन राज बडुले जानकारी दिनुभयो ।
 

<