खास खबर

एकाएक कञ्चनपुरको महाकाली १० कुतियाकबर नजिक दशगजामा एसएसबीले किन चलायो गोली ?

कञ्चनपुर ।
कञ्चनपुरको महाकाली नगरपालिका १० कुतियाकबर नजिक रहेको दशगजा क्षेत्रमा बिहिबार साझ ७ बजे तिर भारतिय सिमा सुरक्षा बल एसएसबीले गोली चलाएको छ । साझ करिब ७ बजेतिर एसएसबीले एकाएक दशगजा क्षेत्रमा १० राउन्ड जति गोलि चलाएको स्थानियले जनाएका छन । गोली के कति कारणले चलाएको, त्यो भने अहिलेसम्म खुलेको छैन । 

 

 

कुतियाकबर नजिक एसएसबीको क्याम्प रहेको र सो क्याम्पमा कार्यरत जवानले मदिरा सेवन गरेका कारण आपसमा विवाद उत्पन्न भई गोली चलेको हुनसक्ने आशंका गरिएको छ । गोली चले लगत्तै केही जवानलाई एसएसबीले नियन्त्रणमा लिएको छ । गोली लागेर मानविय क्षति भने नभएको जनाईएको छ । गोली के कति कारणले चलाईएको भन्ने बारे अनुसन्धान भईरहेको जनाईएको छ ।

<