स्वास्थ्य

यस्तो देखियो गोविन्द केसीको १६ औँ अनसनको पहिलो दिन ।। (भिडियो सहित)

खविन लुइटेल, इलाम, २५ पौष ।
डा. गोविन्द केसीले इलामबाट १६ औँ अनसन सुरु गरेका छन् । सरकारले सहमति विपरीत चिकित्सा शिक्षा विधेयक पारित गरेका भन्दै केसीले सुदुरपूर्वी जिल्ला इलामबाट अनसन सुरु गरेका हुन् ।

 

अस्पतालमा अनसन बस्दा विरामी हरुलाई प्रभाव पर्ने भन्दै यो पटक केसीले सडकविभागको एउटा पुरानो भवनमा अनसन प्रारम्भ गरेका हुन् । डा. गोविन्द केसीको अनसनलाइ साथ दिनको लागी दर्जनौको संख्यामा समर्थहरु समेत उपस्थित भएका छन् ।

 

केसी इलामको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयको पुरानो कार्यालय फूलगाछीमा अनसन सुरु गरेका हुन् । केसीले ६ बुँदे माग राख्दै सत्याग्रह सुरु गरेका हुन् ।

 

उनले १५ औँ सत्याग्रहका क्रममा २०७५ साउन १० गते सरकारसँग भएको सम्झौता अनुसार अक्षरश संशोधन गरेर चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गर्न माग गरेका छन् ।

 

त्यस्तै, गौरी बहादुर कार्की नेतृत्वको जाँचवुझ आयोगको प्रतिवेदनले दोषी ठहर गरेका त्रि.वि. पदाधिकारी लगायतका व्यक्तिहरुलाई तत्काल सिफारिश बमोजिम बर्खास्ती लगायतका कारवाही गर्न माग गरेका छन् ।

 

भिडियोमा हेर्नुहोस, डा. गोविन्द केसीको अनसनको पहिलो दिन 

 

<