खास खबर

विभेदकारी शिक्षा अन्त्य गर्नु जरुरी छ : खानेपानी मन्त्री बिना मगर ।।

हरिश चन्द्र बाग, कञ्चनपुर । खानेपानी मन्त्री बिना मगरले विभेदकारी शिक्षाको अन्त्य गर्न योजनाबद्द कार्यक्रमहरु ल्याउनु पर्ने बताउनु भएको छ । कञ्चनपुरको पुनर्वास नगरपालिकामा अवस्थित श्री जनकल्याण माध्यमिक विद्यालयको २९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मुल समारोह कार्यक्रमको सोमबार उद्घाटन गर्दै खानेपानी मन्त्री बिना मगरले विभेदकारी शिक्षाको अन्त्य हुनुपर्ने बताउनु भएको हो । 

 

सरकारले समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पना गरेको बताउँदै उहाँले गुणस्तरीय शिक्षाको माध्यमबाट नै राष्ट्र निर्माणको निम्ति दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले भन्नुभयो,  “अहिलेको शिक्षा नीतिलाई परिमार्जन गरेर अघि बढ्नु पर्ने चुनौती छ । विद्यार्थीको क्षमता अनुसारको पठनपाठनमा सुधार गर्नुपर्ने जरुरी छ । यसका लागि सरकार गम्भीर छ ।”

 

आफूले अध्ययन गरेको विद्यालयको वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन कञ्चनपुर पुग्नु भएकी मन्त्री बिना मगरले विद्यालयले भोग्नुपरेको विविध समस्याको समाधान गर्न आफू सधैं तत्पर रहेको बताउनु भयो । विद्यालयको स्तर उन्नतिका निम्ति आफ्नो तर्फबाट पूर्ण सहयोग रहने उहाँले प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
 

<