खास खबर

आर्थिक समृद्धिका लागि युवाहरुलाई अगाडी बढाउनु पर्छ : खानेपानी मन्त्री बिना मगर ।।

हरिश चन्द्र बाग, कञ्चनपुर । खानेपानी मन्त्री बिना मगरले आर्थिक समृद्धिका लागि युवाहरूलाई अगाडी बढाउनु पर्ने बताउनु भएको छ । कञ्चनपुरको बेलौरीमा सञ्चालित प्रथम मेयर कप खुला फूटबल प्रतियोगिताको आइतबार समापन गर्दै मन्त्री मगरले युवाहरूलाई खेलकुद संगसंगै आर्थिक समृद्धिको यात्रामा समेत अगाडी बढाउनु पर्ने बताउनु भएको हो ।

 

 

कार्यक्रममा सम्बोधन गर्दै उहाँले भन्नभयो, " हामी समृद्ध नेपाल, सुखी नेपालीको अभियानमा अगाडी बढिरहेका छौं । विकासको रफ्तारमा छौं । विकासमा प्रतिस्पर्धा गर्न प्रतिपक्षी लगायत सबै दललाई आह्वान गर्छु । " मन्त्री बिना मगरले कञ्चनपुरको बेलौरीलाई भन्सार नाकाका रूपमा संचालन गर्न पहल भैरहेको बताउनु भयो ।




प्रथम मेयर कप फूटबल प्रतियोगिताको फाइनल खेलमा महाकाली एड्भेन्चर बि बैशाखी बेलौरीले कैलाली खेलकुद विकास समितिको टिमलाई ४-१ गोल अन्तरले पराजित गर्‍यो । बिजेता र उपविजेता टिमका खेलाडीहरुलाई मन्त्री मगरले ट्रफी र नगदसहित पुरस्कृत गर्नु भएको थियो । बेलौरी नगर खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको विजेता टिमले नगद रू. १ लाख १५ हजार १ सय १५ र उपविजेता टिमले रू. ६६ हजार ६ सय ६६ नगद हात पारेका छन् ।

<