खास खबर

कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ९ को वडा कार्यालय उद्घाटन, अब वडाबाटै सेवा प्रदान गरिने ।।

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ९ को वडा कार्यालय उद्घाटन गरिएको छ । सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने नारालाई कार्यान्वयन गर्दै आइतबार बेलौरी नगरपालिकाले वडावासीलाई वडाबाटै सेवा प्रवाह गर्ने गरी वडा नम्बर ९ को वडा कार्यालय स्थापना गरिएको नगर प्रमुख पोतिलाल चौधरीले बताउनु भएको छ ।

 

बेलौरी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष शमसेर सिंह पेलाको सभापतित्वमा सञ्चालित कार्यक्रममा नगर प्रमुख पोतिलाल चौधरीको प्रमुख आतिथ्यता र नगर उपप्रमुख चित्र कुमारी चौधरी एवं प्रमुख प्रशासकीय अधिकृत छविलाल नेपाली विशिष्ट अतिथिको रुपमा सहभागी हुनु भएको थियो । बेलौरी नगरपालिकाका कम्प्युटर अपरेटर अशोक पाण्डेयले सञ्चालन गरेको उद्घाटन कार्यक्रममा वडा नं. ९ का वडा सदस्य किशोर चुनाराले स्वागत मन्तव्य राख्दै अब वडाबाटै सेवा प्रदान गरिने बताउनु भएको छ । 


प्रस्तुत छ, सोही कार्यक्रम सम्बन्धी तयार पारिएको भक्सपप ।।

<