ताजा खबर

खास खबर

कञ्चनपुरमा बसको ठक्करबाट मोटरसाइकल चालक चौधरीको मृत्यु ।।

हरिश चन्द्र बाग, कञ्चनपुर ।
पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत कञ्चनपुरको भाँसीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कञ्चनपुरको बेलौरी नगरपालिका–१०, भुडाका श्रवण कुमार चौधरीको मृत्यु भएको छ । 

 


आइतबार अपरान्ह महेन्द्रनगर देखि से ४ प ८१८८ नम्बरको मोटरसाइकलमा बेलौरी घरतर्फ फर्कने बेला महेन्द्रनगर तर्फ गइरहेको बसले ठक्कर दिएको कञ्चनपुर प्रहरीले जनाएको छ । दुर्घटनामा परेका चौधरीलाई स्थानीय र प्रहरीले उद्धार गरी महाकाली अञ्चल अस्पताल पुर्याउनु अगाडी नै उनको मृत्यु भइसकेको अस्पताल श्रोतले जनाएको छ । मृतकको शव महाकाली अञ्चल अस्पतालमा राखिएको छ । 

 

मोटरसाइकललाई ठक्कर दिएपछि बस तीब्र गतिमा महेन्द्रनगरतर्फ जाँदा नम्बर पहिचान गर्न सकिएको थिएन । ठक्कर दिने बस र चालकको व्यापक खोजी कार्य गरेको प्रहरीले आइतबार अबेर साँझ ना ६ ख १६७९ नम्बरको मालिका यातायातको बसलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कुबेर कडायतले बताउनु भएको छ । 
 

<