ताजा खबर

खास खबर

घाइतेको उपचार व्यक्तिगत रुपमा व्यहोर्ने पुर्वमन्त्री बलायरको घोषणा ।।

चक्र कुँवर, डोटी ।
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् पुर्व भौतिक पुर्वाधार तथा यातायात मन्त्री बीर बहादुर बलायरले डडेल्धुरा बस दुर्घटनामा परी काठमाण्डौँको बीर अस्पतालमा उपचार गराइरहेका ७ जना घाइतेको सम्पूर्ण उपचार खर्च व्यक्तिगत रुपमा आफुले व्यहोर्ने बताउनु भएको छ । हिजो थप उपचारका लागी काठमाण्डौँ लगिएका घाइतेलाई बीर अस्पतालमा भेट्दै उहाँले यो घोषणा गर्नु भएको हो । पुर्वमन्त्री बलायरले हिजो ७ जना घाइतेका आफन्तलाई रु. तिन हजारका दरले आर्थिक सहयोग गर्नु भएको छ । 

 

काठमाण्डौँ रिफर गरिएका घाइतेको अहिले आइसियुमा राखेर उपचार भैरहेको घाइतेका आफन्तले बताएका छन् । आफु समाजसेवी प्राणी भएको, यहि समाजमा जन्मेको र हुर्केकाकारण मानवीय भावनाले बिर अस्पतालमा उपचार रत घाइतेको सबै उपचार खर्च आफैले ब्यहोर्ने पुर्व मन्त्री बलायरले जानकारी दिनु भएको छ । साथै उहाँले बस दुर्घटनामा परी मृत्यु भएकाको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । साथै उक्त घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्य लाभको कामनाका साथै घाइतेहरुको तत्काल उपचार लागि राज्यसङ्ग जोडदार माग समेत गरिएको छ । यही मंसिर ६ गते साझँ भएको दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो भने २७ जना घाइते भएका थिए ।
 

<