खेलकुद

विज्डम एकेडेमी बेलौरी चौथो जुनियर राष्ट्रिय छात्रा भलिबलको क्वाटर फाइनलमा प्रबेश ।।

हरिश चन्द्र बाग, कञ्चनपुर, १५ कार्तिक ।
बुटबलको एभरेष्ट बोडिङ स्कुलमा जारी चौथो जुनियर राष्ट्रिय छात्रा भलिबल प्रतियोगितामा कञ्चनपुरको विज्डम एकेडेमी बेलौरी क्वाटर फाइनलमा प्रबेश गरेको छ । आज बिहिबार भएको प्रि–क्वाटर फाइनलको खेलमा कैलालीको एसपिए धनगढीलाई हराउँदै कञ्चनपुरको विज्डम एकेडेमी क्वाटर फाइनलमा प्रबेश गरेको हो ।

 

भोली शुक्रबार हुने क्वाटर फाइनलको खेलमा विज्डम एकेडेमी बेलौरीले  आयोजक एभरेष्ट बोडिङ स्कुल बुटबल संग खेल्ने विज्डम एकेडेमीका संस्थापक एवं खेल प्रशिक्षक तेज बहादुर चन्दले बताउनु भएको छ । चौथो जुनियर राष्ट्रिय छात्रा भलिबल प्रतियोगितामा  नेपालका विभिन्न क्षेत्रबाट १६ टिमको सहभागिता रहेको आयोजक एभरेष्ट बोडिङ स्कुल बुटबलले जनाएको छ ।

<