खास खबर

कञ्चनपुरको लालझाडी ६ चान्देव बजारमा चोरी, २ जना रङ्गे हात प्रकाउ ।।

केशब भट्ट, कञ्चनपुर ।
कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नं. ६ चान्देव बजारका विभिन्न पसलहरुमा चोरी भएको छ । गत राती बेलौरी–कलुवापुर सडकखण्डमा रहेको चान्देव बजारमा चोरी गरिरहेको अवस्थामा २ जनालाई रङ्गेहात प्रकाउ गरिएको छ । गत राती करीब १ बजे चान्देव बजारका पसलहरुको ताला तोड्ने क्रममा स्थानीयले शैलेन्द्र सिंह र विजय पाल नाम गरेका दुईजनालाई रङ्गेहात प्रक्राउ गरी इलाका प्रहरी कार्यालय बेलौरीलाई बुझाएका छन् । 

 

चान्देवमा रहेको नागार्जुन मोबाइल एण्ड डि.जे हाउसबाट रु. तिन लाख मुल्य बराबरका सामाग्रीहरु चोरी भएको र एक लाख पचास हजार मुल्य बराबरका सामाग्री फेला परेको सञ्चालक गोपाल चन्दले बताउनु भएको छ । त्यस्तै, बैजनाथ ट्रेडर्स तथा दिनेश किराना पसलबाट मोटरसाइकल चोरी भएको छ भने शान्ति किराना पसलबाट विवरण आउन बाँकी छ । शोभाताल उपभोक्ता समुहकोे कम्प्युटरमा क्षति पुगेको र अन्य कागजात समेत च्यातेको खबर प्राप्त भएको छ भने सृजनशील युवा सूचना केन्द्रको चेक झोलमा फेला पारेको छ ।

 

घटनाबारे थप विवरण आउन बाँकी रहेको र पक्राउ परेका चोरहरु संग सोधपुछ जारी रहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक चुडामणि पुनले बताउनु भएको छ ।

 

<