खास खबर

उदयदेव मिडिया प्रा.लि. को दोस्रो साधारण सभा : अध्यक्षमा दिनेश राज ओझा चयन ।।

कञ्चनपुरको बेलौरीमा रहेको उदयदेव मिडिया प्रा.लि. को दोस्रो साधारण सभाको बन्दसत्रबाट अध्यक्षमा दिनेश राज ओझा सर्वसम्मत चयन हुनुभएको छ । शनीबार आयोजित प्रा.लि. को दोस्रो साधारण सभाको बन्दसत्रले नयाँ कार्यसमिति सहित विभिन्न उपसमिति समेत सर्वसम्मत गठन गरेको हो । उदयदेव मिडिया प्रा.लि. को नयाँ कार्यसमितिको उपाध्यक्षमा महाबीर चन्द, सचिवमा भोजराज खरेल र कोषाध्यक्षमा माधब पौडेल चयन हुनुभएको छ । त्यस्तै, कार्यसमितिको सदस्यमा लक्ष्मी बिष्ट, धोकराज राना र राजमति बम चन्दलाई चयन गरिएको छ ।

 

साधारण सभाको बन्दसत्रले गठन गरेका विभिन्न उपसमिति अन्तर्गत सचिवालय समितिको संयोजकमा कार्यसमितिका अध्यक्ष स्वयं रहने र प्रा.लि. द्वारा सञ्चालित रेडियो बेलौरीका स्टेशन म्यानेजर पदेन सदस्य रहने व्यवस्था रहेको छ । सचिवालय समितिका अन्य सदस्यहरुमा राजमति बम चन्द र ललित चन्द चयन हुनुभएको छ भने १ जना सदस्य कार्यसमितिको बैठकले छनौट गर्ने व्यवस्था रहेको छ ।

 

त्यस्तै, हरिश सिंह बिष्टको संयोजकत्वमा लेखा समिति गठन गरिएको छ । उक्त लेखा समितिमा नन्द राज जोशी सदस्य र थप एकजना पछि छनौट गरिने बताइएको छ । त्यसैगरी कृष्ण बहादुर चन्दको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । सल्लाहकार समितिको सदस्यहरुमा दली चन्द, प्रेम बहादुर थापा, नरसिंह बिष्ट र दिलिप बहादुर चन्द रहनु भएको छ ।

 

निर्वाचित सम्पूण पदाधिकारी र सदस्यहरुलाई निर्वाचन मण्डलका संयोजक धनन्जय जोशीले सपथ ग्रहण गराउनु भएको थियो भने निर्वाचन मण्डलका सदस्य हृदय राज बज्गाईँ, सल्लाहकार संयोजक कृष्ण बहादुर चन्द, सल्लाहकार सदस्य प्रेम बहादुर थापा लगायतका वक्ताहरुले नवनिर्वाचित टिमलाई शुभकामना तथा बधाई ज्ञापन गर्नुभएको थियो ।
 

<