ताजा खबर

खेलकुद

निर्माण व्यवसायी धनगढी नगरस्तरीय भेट्रान फुटबलको फाइनलमा प्रवेश ।।

किशोर तामाङ, कञ्चनपुर ।
स्थागित गरिएको भेट्रान खेल आज न्यू डालिमा महेन्द्रनगर ११ र निर्माण व्यवसयी धनगढी बिच सेमीफाइनल खेल सम्पन्न भएको छ ।

 

खेल प्रतिस्पर्धात्मक  र रोचक रहेपनि खेल सञ्चालन भएको २८ औँ  मिनेटमा धनगढीका लागि बिनोद बिष्टले पहिलो गोल गरेका थिए भने ३०औँ मिनेटमा धनगढीकै लागि ललित चन्दले  दोस्रो गोल गरेका थिए । मध्यान्तर पश्चात भने कुनै पनि टिमले गोल गर्न सकिएन ।


 यसरी निर्माण ब्यवसायी धनगढीले ०–२ को  अग्रता लिदै न्यू डालिमा महेन्द्रनगर ११ लाई पाखा लगाउदै फाईनल खेलमा खेल्ने पक्का भएको छ । बिबिध प्राविधिक  कारण आई परेको हुँदा खेललाई  सार्नु पर्ने बाध्यता भएकोले १ गते हुने भनिएको फाइनल खेल असोज ८ गते सारिएको आयोजक टिमका अध्यक्ष सुबेदार मेजर मान बहादुर तामाङ ले जानकारी दिनुभएको छ ।

 

फाईलनका लागी समुह क तर्फको सेमिफाइनल खेल भने यही असोज ७गते आरनिको भेट्रान भरसेस शान्ति भेट्रान अशुबर्मा बस्ती बिच हुने सञ्चालक समितिका उपाध्यक्ष डम्मर तामाङले बताउनुभयो ।
 

<