हाम्रो बारेमा

क– एन.बी. मिडिया नेटवर्कको परिचय :

कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वर काठमाण्डौँमा मिति २०७५ बैशाख ०४ गते दर्ता भएको एन.बी. मिडिया नेटवर्क कञ्चनपुरको दक्षिणी क्षेत्रमा अवस्थित सञ्चारगृह (मिडिया हाउस) हो । आजको युग सूचना र सञ्चारको युग हो । सूचनाको हकलाई लोकतान्त्रिक मुलुकमा जनताको संवैधानिक रुपमा व्यवस्था गरिएको हुन्छ । ग्रामीण समुदायलाई आफ्नो हक अधिकारको बारेमा सूचित बनाउदै सचेत नागरिकको विकास नभए सम्म समाजको विकास सम्भव छैन । सार्वजानिक  सरोकारका विषयमा बहस, अन्तरक्रिया, अनुगमन, तालिम, छलफल, लगायत प्रवद्र्धनात्मक अभियानमा एन.बी. मिडिया नेटवर्क केन्द्रित रहेको छ । 

 

कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वर काठमाण्डौँमा पेश गरिएको प्रबन्ध पत्र र नियमावलीमा यो एक ठुलो मिडिया नेटवर्क बन्ने लक्ष्य र उद्देश्यका साथ स्थापना भएको कम्पनी हो । यस मिडिया नेटवर्कले एफएम रेडियो, टेलिभिजन, अनलाइन न्युज पोर्टल, अखबार, छापाखाना स्थापना गरी प्रकाशन प्रशारणको काम गर्न सक्ने छ । यसका साथै, यस मिडिया नेटवर्कले विज्ञापन एजेन्सी, संवाद केन्द्र तथा साझेदारीमा विभिन्न तालिम, गोष्ठी, सेमिनार, कार्यक्रम सञ्चालन गर्न पाउने प्रावधान रहेको छ ।

 

ख– सञ्चार माध्यम अन्तर्गत हाल सञ्चालित अनलाइन :

बदलिदो परिबेश र सूचना प्रविधि क्षेत्रमा भएको विकासलाई आत्मसात गर्दै एन.बी. मिडिया नेटवर्कले आफ्नो स्थापना संगै कञ्चनपुरको दक्षिणी क्षेत्रमा पहिलो पटक अनलाइन न्युज पोर्टल प्रकाशन सुरु गरेको छ । यस क्षेत्रका नागरीकहरु पनि इन्टरनेटको पहुँचमा पुगिसकेको हुँदा सूचना प्रविधिसंग अझ नजिक ल्याउन एन.बी. मिडिया नेटवर्क क्रियाशिल छ । अध्ययन, भ्रमण तथा रोजगारीका शिलशिलामा देशका अन्य भूगोल तथा विदेशमा समेत रहनुभएका नागरीकहरुलाई पनि लक्षित एन.बी. मिडिया नेटवर्कले अनलाइनमा व्यापकता पाएको छ । एन.बी. मिडिया नेटवर्कको आफ्नै वेबसाइट www.nbkhabar.com मा ताजा ताजा समाचार, सूचना र जानकारी प्रकाशन हुँदै आएका छन् ।


ग– एन.बी. मिडिया नेटवर्कको लक्ष्य :

 

एन.बी. मिडिया नेटवर्कले समाजको सर्वांगीण विकासलाई ध्यानमा राखी आफ्नोे लक्ष्य निर्धारण गरेको छ । संघीय गणतान्त्रिक नेपालको नयाँ संबिधान जारी भइसकेपछि संघीयता कार्यान्वयन संगै स्थानीय, प्रदेश र केन्द्रीय गरी तीन तहका सरकार स्थापित छन् । समृद्धि र विकासका लागी अत्यावश्यक पारदर्शी, विभेद रहित, सुशासित, लोक कल्याणकारी र सम्वद्ध समाजको निमार्ण गर्ने एन.बी. मिडिया नेटवर्कको लक्ष्य रहेको छ । 

 

घ– एन.बी. मिडिया नेटवर्कका उद्देश्यहरु :

 

नयाँ नेपालको परिकल्पनाका रुपमा रहेको राष्ट्रिय तथा स्थानीय कला, साहित्य ,संस्कृति, राजनैतिक, शैक्षिक, खेलकुद, सामाजिक, आर्थिक र स्वास्थ्यका क्षेत्रमा चेतना र विकाशका लागि सशक्त ढंगले अघि बढाउने हाम्रो मुख्य उद्देश्य हो । सञ्चार माध्यमहरु शहरमुखी र केन्द्रमुखी भई अगाडी बढिरहेको अवस्थामा हामीले ग्रामीण एवं शहरोन्मुख भेग र पिछडिएका समुदायहरुमा चेतनाको लहर ल्याई स्थानीय स्रोत र साधनको पुर्ण रुपमा प्रयोग गरी समाजलाई आत्मनिर्भर बनाउन प्रयत्नशील रहने कटिबद्धताका साथ एन.बी. मिडिया नेटवर्क स्थापना भएको हो ।  

 

एन.बी. मिडिया नेटवर्ककोे उद्देश्य कञ्चनपुर जिल्लालाई भ्रष्टाचार मुक्त जिल्ला बनाउने पनि हो । त्यसैलाई साकार पार्न एन.बी. मिडिया नेटवर्कले जिल्लाका गतिविधि, विभिन्न जातजाति, धर्म, वर्ग, लिंग, क्षेत्र र प्राकृतिक स्रोत र स्वच्छ राजनितिक गतिविधिका बारेमा जानकारी गराउने उद्देश्यका साथ जिल्लाको दक्षिणी भेगमा पहिलो पटक अनलाइन न्युज पोर्टल (वेबसाइट) सञ्चालन गरेको छ ।  स्थापनाको सुरुवाती समयमै लाखौँको संख्यामा यो अनलाइन पत्रिका हेर्नेहरु हुनुहुन्छ । जसको कारण हामी गुणस्तरीय, परिमार्जित, परिष्कृत एवम् सर्वस्वीकृत समाचार, सूचना र जानकारी प्रकाशन गरी उत्कृष्ट सेवा दिन सक्छौँ भन्ने यहाँहरुलाई विश्वास दिलाउन चाहन्छौँ ।

 

एन.बी. मिडिया नेटवर्कले आफ्नो लक्ष्य प्राप्त गर्न निम्न उद्धेश्यहरु बोकी अगाडी बढिरहेको छ । 

 

  • कञ्चनपुर जिल्ला र आसपासका क्षेत्र भित्र रहेका हरेक स्थानीय तह तथा सरकारी कार्यालयहरुले सम्पादन गर्ने विकास निमार्णका काम तथा त्यसले समाजमा पारेको सकारात्मक प्रभाव र असलशासनका लागि पैरवी गर्ने ।
  • खुल्ला राजनीति र सहभागिता मुलक विकासका लागि जनमत तयार पार्ने ।
  • नेपाली परम्परा, संस्कृति, कला तथा धार्मिक संरक्षणका लागि महत्वपूर्ण योगदान पु¥याउने ।
  • प्राकृतिक सम्पदा, मठमन्दिर तथा अन्य परम्परागत रीतिरिवाज तथा पर्वहरुको प्रचारप्रसार गरी पर्यटन व्यवसायलाई प्रोत्साहन गर्ने ।
  • समाजमा महिला, बालवालिका तथा अल्पमतमा परेका अशिक्षित असहाय तथा विपन्न वर्गको पहिचान तथा तिनीहरुको उत्थानका लागि सहयोग गर्ने ।
  • आधुनिक प्रविधिको प्रयोग तथा आधुनिक कृषि प्रणालीको बारेमा जानकारी गराई कृषि पेसालाई प्रोत्साहन गर्ने ।
  • नयाँ उत्पादन प्रविधि तथा त्यसको बजारका लागि जानकारी गराउने ।
  • सहि, सन्तुलित अनि विश्वस्नीय समाचार प्रकाशन गरी समाजलाई सूचना जगतमा उल्लेखनीय योगदान पु¥याउने ।
  • समाज परिवर्तनका लागि मानवअधिकार सम्बन्धी बिभिन्न कार्यक्रमहरु गर्ने । 
  • बिभिन्न उपयोगी शिक्षामुलक कार्यक्रमहरुको सञ्चालन र प्रकाशन गर्ने ।
  • स्वस्थ समाज निर्माणको लागि स्वास्थ्य सम्बन्धी बिभिन्न कार्यक्रमहरु सञ्चालन र प्रकाशन गर्ने ।
  • स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकार संग समन्वय गरेर सम्बन्धित क्षेत्रको विकासमा सकारात्मक भूमिका निर्वाह गर्ने गरी साझेदारीमा नागरीक र जनप्रतिनिधिहरुबीच विकास र समृद्धि केन्द्रित बहस गर्ने गराउने ।
  • र यस कम्पनीको प्रबन्धपत्रमा उल्लेखित उद्देश्यहरुलाई संस्थागत गरी कार्यान्वयन गर्ने ।


ङ– एन.बी. मिडिया नेटवर्कका प्रतिबद्धता :

  • समाजको प्रगति र समृद्धीका लागि एन.बी. मिडिया नेटवर्क निम्न कुरामा प्रतिबद्धता व्यक्त गर्दछ । 
  • आधारभुत तहमा पारदर्शिता र सु–शासन बिना समाजले अग्रगति पाउँदैन । समाजको अग्रगमन सम्झौता रहित शर्त हुनु पर्दछ ।
  • खुल्ला र प्रतिस्प्रर्धी समाज, कानुनी राज्य र समानता नभए कसैको भलो हुँदैन । समाजको व्यापक हितको लागी रेडियोका कार्यक्रमहरु लक्षित हुनुपर्दछ ।
  • निष्पक्षता, सन्तुलन र सहीपन आधुनिक पत्रकारिताका मुलभूत सिद्धान्त हुन् । यिनै सिद्धान्तको मातहतमा रही कार्य गर्न एन.बी. मिडिया नेटवर्क प्रतिबद्द छ ।

धन्यवाद ।

एन.बी. मिडिया नेटवर्क                  
कञ्चनपुर, नेपाल
...       

 

website: www.nbkhabar.com

E-mail: nbmedianetwork75@gmail.com

Phone : 9848664554 / 9801726400  

 

<